काठमाण्डु-रास्वपाले पोखरामा गर्दै आएको प्रदर्शनलाई जारी राख्ने भएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनलाई निरन्तरता दिने जनाएका हुन् । मंगलबार पोखरामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेको भन्दै रास्वपाले भत्र्सना गरेको छ ।
पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरिएको पक्राउविरुद्ध र सहकारी पीडितलाई न्यायको मागसहित कास्कीको पोखरामा मंगलवार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी बिथोल्ने प्रयास गरेको उनले जारी गरेको विज्ञपत्मिा जनाइएको छ ।
पोखराको भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई पक्राउ गरेको थियो । हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानूनी प्रबन्धको कार्यान्वयनका लागि पनि उनले ध्यानाकर्षण गराएका छन् ।
रास्वपाले बुधवार अपराह्न ४ बजे पोखराको मानवअधिकार चोकलगायत देशका विभिन्न स्थानमा विरोध कार्यक्रम यथावत् रहने जनाएको छ ।
प्रतिक्रिया