काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो ।
जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा कमाण्डरको रूपमा खटाएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा मनोनयन दर्ता गरिँदै छ । त्यसका लागि सो पार्टीले आन्तरिक निर्वाचन गर्ने तय गरेको छ ।
स्थानीय तह उपनिर्वाचन मंसिर १६ गते तय भएको छ ।
प्रतिक्रिया