काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ ।
बैठक बाहिर पार्टीका कार्यकर्ताले सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि कुनै ठोस निर्णय लिन नसकेको भन्दै दबाब दिएका छन् ।
पार्टी कार्यालय घण्टीघरमा पुगेर केही कार्यकर्ता प्लेकार्डसहित बसिरहेका छन् ।
कार्यकर्ताहरूले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरूलाई जेल नहालेसम्म आन्दोलन जारी रहने बताएका छन् । आफ्नै नेताहरूलाई ‘नो नट अगेन’ भन्ने दिन नआओस् भन्दै उनीहरूले दबाब दिएका हुन् ।
सरकारले प्रतिशोध साँधेको भए प्रतिरोधमा कडा रुपमा प्रतिरोधमा उत्रिनुपर्ने पनि उनीहरूले दबाब दिएका छन् ।
रास्वपाको बैठकले प्रतिशोध राखेर सभापतिलाई पक्राउ गरेको भन्दै आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया