काठमाण्डु– आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार छनोट गरेको छ ।
पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिका अनुसार उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार आकांक्षी उम्मेदवारबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसपछि उम्मेदवार छनोट गरिएको हो ।
प्रतिक्रिया