काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी पीडितहरुले मंसिर ५ गतेदेखि गर्ने आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ सहित सहकारी पीडितहरुले बचत रकम फिर्ताको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको बेला रास्वपाले ऐक्यबद्धता जनाएको हो ।
कार्यवाहक महामन्त्री मनिष झाले विज्ञप्ति निकालेर सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएकको जानकारी दिएका हुन् ।
फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटकपटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाको ठहर छ ।
प्रतिक्रिया