काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरुप लगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो । यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
बैठक दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया