काठमाण्डु – पार्टी सभापति रवि लामिछानेले सहकारीबाट लिएको ऋणको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण दिएको छ ।
पार्टी कार्यबाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै चौतर्फी प्रहार र भाला हान्ने काम भएको बताए ।
‘ब्याजै तिरेको भए पनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन, माइन्युटहरू बाहिर आएको छैन । अहिले यसमा डिबेट गरेर अतिरञ्जित गरेर काम छैन,’ उनले भने । उनले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साधिएको थप स्पष्ट पारेको दाबी गरे ।
पत्रकार सम्मेलनको क्रममा रास्वपा नेता गणेश पराजुलीले कुन कानून टेकेर अतिरञ्जित गर्ने अधिकार दिइएको भन्दै प्रतिप्रश्न पनि गरेका थिए ।
उनले भने, ‘सम्मानित अदालतमा लगेर कारबाही गरे भोग्न तयार भएको सभापतिले भन्नुभएको छ । यी विषयमा भ्रममा पर्न जरुरी छैन ।’
सभापति लामिछानेले टेलिभिजनमा कार्यरत रहँदा सहकारीको ऋणको ब्याज तिर्न उनकै हस्ताक्षरको चेकबाट भुक्तानी भएको तथ्य बाहिरिएपछि रास्वपाले पत्रकार सम्मेलन गरेको हो ।
प्रतिक्रिया