काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको बैठकले संगठनलाई चुस्त बनाउन राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न जिल्ला–जिल्लामा विज्ञ सम्मिलित कार्यदल बाउनेबारे समेत छलफल भएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए।
समसामयिक राजनीतिक विषय र स्थानीय तह उपनिर्वाचनमा भएका कमी कमजोरीहरुसहति आत्मालोचना र आत्मसमीक्षा गर्ने काम भएको छ ।
बैठकमा जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरूलाई सहयोग तथा सहजीकरण गर्न केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरू रहेको जिल्ला अनुसारको कार्यदल निर्माण गर्नेबारे छलफल भएको छ ।
शनिबारको बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा जानकारी गराउँदै पार्टीका गतिविधिका बारेमा अवगत गराएका थिए ।
प्रतिक्रिया