काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
आजको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको उनले बताए ।
प्रतिक्रिया