मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने रास्वपाकाे निर्णय

मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने रास्वपाकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो।

गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

पहिलो पटक सोधिएको  स्पष्टीकरणमा ढकालले सभापति लामिछानेमाथि  उल्टै प्रश्न  तेर्‍स्याएका थिए ।

त्यसपछि उनीमाथि अन्तिम पटक स्पष्टीकरण सोधिएको थियो । दोश्रो पटकको स्पष्टीकरणमा उनले लामिछाने माथि भ्रष्टाचार मुद्दामा जेल हाल्न सक्ने प्रमाण आफू सँग रहेको बताएपछि रास्वपाले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेको थियो ।