काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कको कार्यालयमा चार्जिङ स्टेशन राखेको छ। मंगलबार प्राधिकरण प्राङ्गणमा बनाइएको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।
प्राधिकरणको चार्जिङ स्टेशन पूर्वाधार विकास आयोजनाकाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेशन धमाधम जडानको काम भइरहेको छ।
सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने प्रधिकरणले जनाएको छ।
प्रतिक्रिया