काठमाण्डु- ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्राको तयारी भइरहेको छ । पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण धमाधम हुँदैछ ।
तयार गरिएको रथमा रातो मछिन्द्रनाथको मुर्ति राखेर पूजा गरेपछि औपचारिक रुपमा जात्रा सुरु हुने छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मछिन्द्रनाथको जात्रा मनाइँदै आएको छ ।
यो जात्रालाई सहकालका देवताका रूपमा हिन्दू र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ।
करिब एक हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
जात्राको पहिलो दिन पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गांःवहालमा पुर्याइन्छ ।








प्रतिक्रिया