रौतहटमा प्रहरी र राजपाका कार्यकर्ताबीच झड्प, ५ घाईतेको उपचारको हुंदै

रौतहटमा प्रहरी र राजपाका कार्यकर्ताबीच झड्प, ५ घाईतेको उपचारको हुंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप हुदा पांच जना घाईते भएका छन् । रौतहटको गरुडा नगरपालिका ५ महमदपुरमा भएको गएराती भएको झडपमा एक बालकसहित पांचजना घाइते भएका छन् ।

 

 

झडपमा परी प्रहरीतर्फ दुई जना घाईते भएको रौतहट प्रहरीले जनाएको छ । घाइतेहरुको चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ ।

 

 

राजपाले मधेष आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउदै चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

 

 

 

प्रहरीले भने  मधेसवादी दलका कार्यकर्ताले गस्तिमा गएको प्रहरीलाई घेरा हाले आक्रमण गर्न खोजेको आरोप लगाएको छ ।

 

 

प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गर्दा मधेषदवादी दलका कार्यकर्ता घाईते भएका हुन ।