प्रधानमन्त्री देउवाभन्दा ठुलो मन देखाए उपराष्ट्रपति पुत्र दिपेशले, दिपेशले गरे राउटेलाई मानविय सहयोग

प्रधानमन्त्री देउवाभन्दा ठुलो मन देखाए उपराष्ट्रपति पुत्र दिपेशले, दिपेशले गरे राउटेलाई मानविय सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा अपमानित भएका राउटे परिवारलाई माओवादी केन्द्रका युवा नेता दिपेश पुन र पर्यटन व्यवसायी टासी शेर्पाले सहयोग गरेका छन् । केही दिनअघि प्रधानमन्त्री देउवालाई न्यानो कम्बल माग्नको लागि भेट्न पुगेका उनीहरुलाई देउवाले ‘राउटे न साउटे’ भन्दै भेट दिएका थिएनन् ।

 

 

 

माओवादी केन्द्रका युवा नेता तथा पर्यटन व्यावसायी टासी शेर्पा र उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुनले उनीहरुलाई केही रकम र ब्ल्यांकेट वितरण गरेका हुन् । शेर्पाका अनुसार ४० घर परिवारलाई प्रति परिवार २ वटा ब्ल्यांकेट र आउने जाने गाडी भाडा उपलब्ध गराइएको छ ।

 

 

 

उनीहरुले सहयोग पाएपछि खुसी व्यक्त गरेको शेर्पाले बताए । समाज सेवामा सक्रिय रहेका शेर्पा र पुनले यसअघि पनि राउटेको उद्दार गरेका थिए । पुनले भुकम्प पिडितलाई समेत सहयोग गरेपछि चर्चामा आएका थिए । उनि अखिल क्रान्तिकारीका उपाध्यक्ष समेत हुन् ।