काठमाण्डु- सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको र मानवअधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले बुधबार आयोगका आयुक्तहरूलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराए ।
शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।
उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाण्डु र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।
प्रतिक्रिया