रवि लामिछानेलाई आज फेरि अदालत लगिँदै, पोखरामा रास्वपा प्रदर्शनको तयारीमा

रवि लामिछानेलाई आज फेरि अदालत लगिँदै, पोखरामा रास्वपा प्रदर्शनको तयारीमा


काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज पुनः अदालतमा उपस्थित गराउँदैछ ।

अनुसन्धानका लागि अदालतले कात्तिक १४ मा दिएको १० दिनको म्याद शनिवार राति सकिएसँगै प्रहरीले उनलाई आइतबार अदालतमा उपस्थित गराउन लागेको हो ।

प्रहरीले पाएको म्याद सकिएपछि फेरि अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगी र संगठित अपराधमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आइतवार पनि प्रहरीले थप म्याद माग्ने जनाइएको छ । यसबीच आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आइतवार पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।

रास्वपाले बिहान १० बजे जिरो चौममा जम्मा भएर वाइचोकमा पुगेर सभा आयोजना गर्नेछ । रास्वपाले रविलामिछानेलाई अदालत पेस गर्दा प्रदर्शन गर्दैै आइरहेको छ ।