रवि लामिछाने आज पुनः अदालतमा उपस्थित हुने

रवि लामिछाने आज पुनः अदालतमा उपस्थित हुने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार पुनः अदालतमा उपस्थित हुने भएका छन् ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमवार १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो । आइतवार थुनछेक बहस नसकिएका कारण उनलाई हिरासतमा पठाइएको थियो । योसँगै लामिछाने थुनछेक बहस नसकिएसम्म प्रहरीको नियन्त्रणमा रहने छन् ।

सरकारी वकिल पक्षले लामिछानेको बयान अध्ययन गर्न समय आवश्यक रहेको जनाउँदै थुनछेक बहस अगाडि नबढाउन आग्रह गरेपछि इजलासले लामिछानेलाई प्रहरी जिम्मा लगाउने निर्णय गरेको थियो ।

बयानपछि लामिछानेले परिवारको जिम्मा लगाउन आग्रह गरेपनि न्यायाधीशले प्रहरीकै जिम्मा लगाउन उपयुक्त ठहर गरेका हुन् । लामिछानेमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोड भन्दा धेरै अपचलन गरेको आरोप छ ।