रवि लामिछानेलाई आज रूपन्देही लगिँदै

रवि लामिछानेलाई आज रूपन्देही लगिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई शनिबार रुपन्देही लगिँदै छ ।

उनी शुक्रबार साँझ काठमाडौंको हात्तीगौंडास्थित निवासबाटै पक्राउ परेका थिए । लामिछानेलाई शनिबार विमानमार्फत भैरहवा पठाइने प्रहरीले जनाएको छ । उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत रूपन्देहीको फैसलाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन दिएका रविलाई शुक्रबार थुना पठाउने आदेश उच्च अदालत बुटवलले दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार उनलाई थुनामा पठाउने आदेश जारी गरेको थियो । उक्त आदेशलगत्तै उनलाई पक्राउ गरिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उनलाई जिल्ला अदालत रूपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गरेको थियो । रविले फागुन १६ गते रूपन्देही अदालतको आदेश बदरको माग राखेर उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।