रवि ओड बने नेपाल आइडल २-को विजेता

रवि ओड बने नेपाल आइडल २-को विजेता


काठमाडौं – नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले जितेका छन् ।  यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको थियो ।

यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।

त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् । दोस्रो संस्करणको आइडलको फाइनलमा रवि ओड, अस्मिता अधिकारी, सुमित पाठक र विक्राम बराल प्रवेश गरेका थिए ।