रअ प्रमुख शर्मा काठमाण्डौंमा अवतरण, सैनिक सहचारी समेत फेरिए

रअ प्रमुख शर्मा काठमाण्डौंमा अवतरण, सैनिक सहचारी समेत फेरिए


काठमाण्डु -नेपालमा राजनीतिक परिवर्तन भएकै बेला भारतीय गूप्तचर संस्था रअका नेपाल प्रमुख काठमाण्डौं आइपुगेका छन् । रअको मुख्यालयमा नर्थ डेस्क (नेपाल र भुटान) प्रमुख रहेका अशुंल शर्मा बिहिवार भिस्तारा एयरलाइन्सको युके १५७ नम्बरको उडानबाट काठमाण्डौं ओर्लिएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको सरकार गठन हुने तयारी भइरहेका बेला शर्माको आगमन भएको हो ।

शर्मा नर्थ डेस्कमा आउनुअघि लामो समय अमेरिकामा कन्सुलर (इकनोमिक र इजुकेशन) हेर्ने भुमिकामा कार्यरत थिए । हालका रअ प्रमुख राघव भट्नागर असारको अन्तिममा अशुंललाई कार्यभार सुम्पेर दिल्ली जांदैछन् । उनि अर्को वर्ष अवकास पाउनेमा छन् ।

यता, भारतीय दूतावासका सैनिक सहचारी समेत फेरिएका छन् । उनि बुधवार दिउसो भारत फर्किसकेका छन् । शर्मा सहायकरथीमा बढुवा भएर आफ्नो कार्यकाल सकेर दिल्ली फर्केका हुन् । उनको ठाउंमा महासेनानी भी सुर्व्रमणि नेपाल आएका छन् ।