रअका नेपाल प्रमुख फेरिए, भट्नागरको स्थानमा आए अंशुल शर्मा

रअका नेपाल प्रमुख फेरिए, भट्नागरको स्थानमा आए अंशुल शर्मा


काठमाण्डु– भारतीय जासुसी संस्था ‘रअ’ का नेपाल प्रमुख फेरिएका छन् । करिब तीन वर्षसम्म बसेका राघव प्रसाद भट्नागरका स्थानमा नयाँ प्रमुख आएका हुन् । ‘रअ’ का नर्थ डेस्क प्रमुख रहेका अंशुल शर्मालाई नेपाल स्टेशनको प्रमुख नियुक्त गरिएको स्रोतले बतायो । उनि मे को अन्तिममा काठमाण्डौं अवतरण गर्ने तयारीमा छन् ।

नेपालमा राजनीतिक संकट चुलिएका बेला काठमाडौंका लागि नयाँ प्रमुख आएका हुन् । नेपालमा यसलाई लिएर चर्चा परिचर्चा भए पनि भारतीय दूतावास स्रोतले भने नियमित फेरबदली अन्तर्गत नयाँ प्रमुको नियुक्ती भएको जनाएको छ । भट्नागर २०७८ बैशाखमा नयाँ प्रमुखको रूपमा नेपाल आएका थिए ।

भारतले यसअघि पनि राजनीतिक संकट चुलिएका बेला त्यसबेला प्रमुख रहेका अभिजित हल्दरको टिमलाई हटाएर नयाँ प्रमुखको रूपमा भट्नागरलाई पठाएको थियो । अहिले पनि त्यस्तै अवस्थामा नयाँ प्रमुखसहित टिम पठाएको हो ।