रास्वपाले अब काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने, प्रवक्ता झाले भने-लामिछानेलाई छुटाउन पोखरा आएका होइनौं

रास्वपाले अब काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने, प्रवक्ता झाले भने-लामिछानेलाई छुटाउन पोखरा आएका होइनौं


काठमाण्डु-आफ्ना सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले अब काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको छ ।

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पोखरामा अन्तिम प्रदर्शन गर्दैछ । पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रित प्रदर्शन सुरु गर्ने पनि बताएको छ ।

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाले भनेको छ ।

पोखरामा जारी प्रदर्शनको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै रास्वपाका नेताहरू पार्टीले सहकारीको मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउने बताएको छ ।

प्रवक्ता मनिष झाले भने, ‘संयमित भएर हामीले प्रदर्शन गरिरहेका छौं ।’उनले एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाए ।

रास्वपाको प्रदर्शनमा एउटा बिरुवा पनि नकुल्चेर प्रदर्शन भएको भन्दै प्रवक्ता झाले प्रदर्शनका क्रममा कोही घाइते समेत नभएको भन्दै सहकारी पीडितहरूलाई काग्रेस र एमालेको भर नपर्न आग्रह गरे ।

प्रवक्ता झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको समेत बताए । ‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो’, उनले भने,‘राजनीतिक प्रतिशोध छ भन्ने कुरा म प्रमाणित गर्न सक्छु,’ उनले भने ।