रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै

रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले आज राजीनामा दिँदैछन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन् । प्रधानमन्त्री दाहाललाई भेट्न सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्याल अहिले बालुवाटार जांदैछन् ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना बढेको छ  ।

नेपाली कांग्रेस र एमालेले राजीनामा दिन दाहाललाई आग्रह गरेपनि उनले विदेशी शक्तिकेन्द्र र कांग्रेसभित्रै खेल्न खोजेको भन्दै गठबन्धनमा छलफल भएको छ । दाहाललाई बिहिवारसम्म पर्खने नभए राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई तिहाईको हस्ताक्षर बुझाउने तयारी छ ।

एमाले अध्यक्ष ओली दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बन्नेमा छन् । दाहालले बहुमत गुमाएको प्रष्ट हुंदा समेत राजीनामा नदिएपछि उनलाई पदमुक्त गर्ने तयारी भएको हो ।