बेन्जिमा चम्किँदा रियल मड्रिडद्धारा एल्ची पराजित

बेन्जिमा चम्किँदा रियल मड्रिडद्धारा एल्ची पराजित


एजेन्सी – स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले जीत हासिल गरेको छ ।

उपाधि होडमा आफूलाई प्रमुख दाबेदारका रुपमा प्रस्तुत गर्दै आएको रियल मड्रिडले शनिबार राति घरेलु मैदानमा भएको खेलमा एल्चीलाई २–१ ले पराजित गरेको हो ।

रियल मड्रिडका लागि दुवै गोल करिम बेन्जिमाले गरेका हुन् । उनले ७३ र इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरेका थिए ।

एल्चीका लागि ६१ औँ मिनेटमा काल्भो सान्रोमनले गोल गरेका हुन् । पछि परेको रियल मड्रिडका लागि बेन्जिमाले ७३ औँ मिनेटमा बराबरी गोल गरे भने इन्जुरी समयको पहिलो गोलले जित दिलायो ।

जितपछि रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी ६ बनाएको छ । दोस्रो स्थानको उसको २७ खेलबाट ५७ तथा शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६३ अंक छ ।

एक खेल कम खेलेको बार्सिलोना ५६ अंकसहित तेस्रो स्थानमा छ । लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा एलाभेस र काडिजले १–१ तथा ओसासुना र रियल भालाडोलिडले गोलरहित बराबरी खेलेका छन् ।