रेडपाण्डाको छाला सहित एक पक्राउ

रेडपाण्डाको छाला सहित एक पक्राउ


काठमाडौँ –प्रहरीको दुर्लभ रेडपाण्डाको छाला सहित एक जनालाई पक्रेको छ । प्युठानको नौपनि गाउँपालिका–३ घर भई हाल काठमाडौको मित्रनगर बस्ने ३० वर्षका चन्द्रबहादुर बुढालाई काठमाडौँ महानगरपालिका–१० गणेशस्थानबाट चन्द्रबहादुर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

केही मानिसहरुले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला विक्री वितरण गरीरहेको रहेको छ भन्ने सुचनाका आधारमा महानगरीय प्रभाग महाराजगं र गोगंबबाटु खटिएको टोलीले संयुक्त बुढालाई पक्राउ गरेको हो । प्रहरीले खोजतलास गर्ने क्रममा निरज प्रधानको २ तले घरमा संचालनमा रहेको नमस्ते क्याफेबाट रेडपाण्डाको छाला बिक्रि बितरण गर्न लागेको अवस्थामा फेला पारी १ थान रेडपाण्डाको छाला सहित पक्राउ गरेको जनाएको छ ।

लामालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । दुर्लभ बन्यजन्तुको चोरी शिकारी र तिनीहरुका अंग प्रत्यंगको गैरकानुनी ओसारपसार गर्नेलाई ५ बर्षदेखि १५ बर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।