रेडपान्डाको छाला बिक्री गर्न खोज्ने २ जना प्रहरीकाे फन्दामा

रेडपान्डाको छाला बिक्री गर्न खोज्ने २ जना प्रहरीकाे फन्दामा


काठमाडाैँ – दुर्लभ बन्यजन्तु रेडपान्डाको छाला बिक्री गर्न खोज्ने २ जना प्रहरीको फन्दामा परेका छन् । रेडपान्डा मारेर त्यसको छाला बेचेर पैसा कमाउने आशामा ग्राहाक खोजीरहेको अवस्थमा प्रहरीले २ जनालाई राजधानीको  लाजिम्पाट एरियाबाट पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरुमा बाजुराका धमेन्द्र शाहि र सुशिल शाही रहेकाे प्रहरीले जनाएकाे छ ।  उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रभाव दरबारमार्गबाट खटिएकाे टाेलीले बिशेष सुचनाका अाधारमा उनीहरूलार्इ दुर्लभ बन्यजन्तु रेडपान्डा बेच्न लागेको बेला   रङ्गे हात पक्राउ गरेको हाे । केहि समयअगि ६ वटा रेपान्डाकाे छाला सहित त्याे टाेलीले पक्राउ गरेकाे थियाे ।

दुर्लभ बन्यजन्तुको चोरी शिकारी र तिनीहरुका अंग प्रत्यंगको गैरकानुनी ओसारपसार गर्नेलाई ५ बर्षदेखि १५ बर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।