काठमाण्डु – प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले नियुक्त भएको ५ महिना नपुग्दै राजीनामा दिएका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सचिव अधिकारीले स्वास्थ्यको कारण देखाएर मंसिर १० गतेदेखि लागू हुने गरी राष्ट्रपतिसमक्ष रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको जानकारी दिए ।
सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका अधिकारीले सभामुख घिमिरे कम्बोडिया भ्रमणमा गएको बेलामा राजीनामा दिएका हुन् ।
प्रतिक्रिया