रेखाको रुद्रप्रिया लुक, फेसबुकमा यसरी भावुक भइन

रेखाको रुद्रप्रिया लुक, फेसबुकमा यसरी भावुक भइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुपरस्टार नायिका रेखा थापाको नयाँ सिनेमा रुद्रप्रियाको फष्ट लुक सार्वजनिक भएको छ । आफ्नो फेसबुकमा फष्ट लुक अपलोड गर्दै नायिका थापा भावुक बनेकी छिन् ।

विगत डेढ दशकदेखि नेपाली सिने क्षेत्रमा राज गरिरहेकी थापा एकमात्र यस्ती नेपाली नायिका हुन्, जो आफ्नै दमखममा फिल्म हिट बनाउने ल्याकत राख्छिन् । तिनै नायिका थापाले आफ्नै ब्यानरमा फिल्महरु निर्माण गर्दै आइरहेकी छिन् ।

उनले पछिल्लो समय होम ब्यानरमा ल्याउन लागेको सिनेमा हो—रुद्रप्रिया । रुद्रप्रियाको लुक सार्वजनिक गर्दै नायिका थापाले भनेकी छिन्, ‘विगत डेढ दशकदेखि म दर्शकहरुको मायाले अस्तित्वमा छु । फिल्मलाई नै कर्म र धर्म मानेकी मैले यस वर्षको कात्तिक २ गते तिहारमा मेरो चौथो निर्माणमा रहेको फिल्म रुद्रप्रिया आउँदैछ । यो फिल्म मेरा लागि विशेष हो ।’

उनले आफू पहिलो फिल्म ‘हिरो’ रिलिज हुँदा जतिकै आफू यो फिल्मका लागि पनि उत्साहित रहेको बताएकी छिन् । उनले भनेकी छन्, ‘पहिलो हिरो फिल्म रिलिज हुँदा जति उत्साहित थिएँ, यो फिल्मको लागि म उतिकै उत्साहित छु । अझ भन्नुपर्दा केही बढी ।’

उनले फिल्मको फष्ट लुक रिलिज सोमबार गरेको उल्लेख गर्दै अमुल्य प्रतिक्रियाको सुन्न र पढ्न आतुर रहेको जनाएकी छिन् । साथै फिल्म राम्रो बनाउनका लागि साथ दिने निर्देशक सुदिप बबी भूपाल सिंह, आर्यन सिग्देल, राजन इशान र कार्यकारी निर्माता रमेश एम के पौडेल लगायत काष्ट र क्रु टिमलाई पनि उनले आभार ब्यक्त गरेकी छिन् ।