विप्लवसँग रेखा थापाको भेट

विप्लवसँग रेखा थापाको भेट


काठमाण्डु – चर्चित अभिनेत्री रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेट गरेकी छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपछी सरकारी कदमको विरोध गर्दै आएकी रेखाले आइतबार विप्लवसँग भेट गरेकी हुन् ।

समाजिक संजाल फेसबुकमा विप्लव र रेखाको एक तस्वीर सेयर गर्दै पत्रकार उदय जिएमले उनीहरुको भेटबारे जानकारी दिएका हुन् ।

केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो बढेको छ ।

यसैबीचमा उनको भेटलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहेर्न आग्रह गरेकी छन् ।

उनले ‘विप्लव’ भूमिगत हुँदा आफूले प्रतिबन्धको विरोध गरेकाले त्यसप्रति धन्यवाद दिन आफूलाई ‘विप्लव’ले बोलाएकाले भेट गरेको बताइन् ।