रेखा थापा माओवादी छाडेर राप्रपामा प्रवेश गर्ने

रेखा थापा माओवादी छाडेर राप्रपामा प्रवेश गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-नायिका रेखा थापा माओवादी केन्द्र परित्याग गर्दै राप्रपामा प्रवेश गर्ने भएकी छन् । सोमबार इन्द्रेणी फुडल्याण्डमा हुने कार्यक्रममार्फत राप्रपामा प्रवेश गर्न लागेकी हुन ।

उनलाई यसअघि राप्रपामा प्रवेश गरेकी गायिका कोमल वलीले उनलाई राप्रपामा ल्याउन ठूलो भूमिका खेलेको बताइएको छ । कोमल वली हालै मात्र राप्रपा प्रवेश गरेकी थिइन ।

कोमल वलीले नै रेखा थापा राप्रपामा प्रवेश गर्न लागेको स्टाटस लेखेकी छिन् । रेखा माओवादी केन्द्र किन त्यागिन भन्ने कुरा खुलाएकी छैनन् ।

उनी दोस्रो संविधानसभा पूर्व टिका लगाएर माओवादीमा प्रवेश गरेकी थिइन । पर्साबाट चुनाव लडाउन माओवादीले तयारी गरेपनि उनको मतदाता नामावलीमा नाम नभएपछि उनी उम्मेदवार बन्न पाएकी थिइनन् ।

यसअघि माओवादीले काठमाडौंमा गरेको आन्दोलनमा प्रचण्डसँग नृत्य गरेर उनी चर्चामा आएकी थिइन । त्यसयता उनी निरन्तर माओवादी निकट रहेकी थिइन ।

तर, उनी कोमल वलीको काउन्सिलिडपछि माओवादी केन्द्र त्याग्नेर राप्रपामा भित्रिन लागेकी हुन् । कोमल राप्रपामा केन्द्रीय सदस्य बन्ने तयारीमा छिन् भने रेखालाई आमन्त्रित सदस्यका रुपमा पार्टी भित्र्याउने तयारी राप्रपाले गरेको छ ।