काठमाडौँको धुलो हटाउन वनमन्त्रीद्धारा धुुलो इकाई गठन

काठमाडौँको धुलो हटाउन वनमन्त्रीद्धारा धुुलो इकाई गठन


काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या नियन्त्रणका लागि छुट्टै इकाई गठन गरेर काम थालेको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा साविकको वातावरण मन्त्रालयले मन्त्रालयमाशाखाकै रुपमा रहने गरी ‘धुलो नियन्त्रण इकाई’ गठन गरेको हो ।

तत्कालका लागि इकाईको नेतृत्व वातावरण विभागका उपसचिव शंकार प्रसाद पौडेलको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका सचिव प्रकाश माथेमाले जानकारी दिए । ‘मन्त्रीज्यूको निर्देशनमा धुलो नियन्त्रण इकाई’ गठन गरेका छौं’, माथेमाल भने, ‘अबधुलो नियन्त्रणको कामलाई उच्चप्राथमिकतामा राखेर काम गर्छौं ।’

मन्त्री बस्नेतले संविधानले हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्ने पाउने अधिकारको ग्यारेण्टी गरेको भन्दै सरकार संविधान प्रदत्त नागरिकका हकबारे सचेत रहेको बताए । उनले राजधानीको धुलोका कारण सर्वसाधारणले कष्टपूर्ण जीवन बिताउन परेकोबारे आफू जानकार रहेको र उक्तअवस्थाको यथाशक्य छिटो अन्त्यगर्ने गरी कामथालिने बताए ।

उपत्यकामा धुलो र धुवाँ फैलनुको कारणबारे आफ्नो निर्देशनमा वातावरण विभागले अध्ययन प्रतिवेदन तयार पारेको जानकारी दिँदै उनले प्रतिवेदनले औंल्याएका समाधानका उपाय अबलम्बन गरेर जनतालाई धुलो÷धुवाँमुक्त वातावरण मनाउन तयार रहेको बताए ।
धुलोको प्रमुख स्रोत सडक आयोजना निर्माणमा भइरहेको ढिलाई भएकाले आफूले सरोकारवाला सबै निकायलाई छलफलमा बोलाएको उनले बताए । उनले राजधानी  को सकेसम्म छिटो अन्त्यगरिने उल्लेख गरे ।