माओवादी नेतृ चन्दले दोस्रो बिहे गरिन्

माओवादी नेतृ चन्दले दोस्रो बिहे गरिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्वसभासद रेणु चन्दले दोेस्रो विवाह गरेकी छन्। बैतडीकी रेणुले चीरण मनान्धरसँग दोस्रो विवाह गरेकी हुन्।

माओवादी कञ्चनपुरका नेता एवं पूर्वसभासाद टेकेन्द्र भट्टसँगको आठ बर्ष लामो बैवाहिक सम्बन्ध अन्त्य गरेकी उनले हालै मात्र अर्काे विवाह गरेकी हुन्। भट्टले भने केही वर्ष पहिले नै अर्को विहे गरिसकेका छन् ।

स्रोतका अनुसार रेणुले वैवाहिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि निम्तो दिएकी थिइन्। तर, उनी उपस्थित भएनन्। रेणुकी एक छोरी पनि छन्।