तस्विरमा गणतन्त्र दिवस

तस्विरमा गणतन्त्र दिवस


काठमाण्डु- गणतन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा मंगलबार विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालुसहितको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।