काठमाडौैं – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई गणतन्त्र दिवशलाई गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्न सम्बन्धित निकायलार्इ निर्देशन दिएका छन् । आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन प्रधानमन्त्री अाेलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पुर्याउन निर्देशन दिएका हुन् ।
गणतन्त्रलाई सरकारी दिवश जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनुपर्ने बताए । “गणतन्त्र सरकारी दिवश होइन जन दिवश हो” उनले भने “यो दिवश गाउँपालिकासम्म नै मनाउनु व्यवस्था गर्नुपर्दछ ।” लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए ।
प्रधानमन्त्री ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो बर्ष गणतन्त्र दिवशको सार्वजनिक विदा कटौती गरिएको बताए । “विदा बसेर मात्र गणतन्त्र मनाइने होइन” उनले भने “कार्यलय समय बाहिरको समयमा दिवश मनाऊँ । कार्यलय समयमा काम गरौं ।”
प्रधानमन्त्री ओलीले राजसंस्थाप्रति संकेत गर्दै विष्णुको अवतारको भ्रममा परेर गतिविधि गर्ने दिन अब समाप्त भएको पनि स्मरण गराए । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नागरिकको रुपमा गणतन्त्र दिवसमा रमाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले जोतिषहरुले विमान दुर्घटना हुने लगायतका तथ्यहिन भविष्यवाणी गरिरहेको भन्दै आपत्ति पनि जनाए । उनले कुन ग्रह र नक्षत्रले विमान दुर्घटना देखाएको भन्दै जोतिषहरुलाई प्रश्न समेत गरे । सरकारले आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।
प्रतिक्रिया