सांसद रेशम चौधरीले अदालत पुगेर आत्मसमर्पण गरे

सांसद रेशम चौधरीले अदालत पुगेर आत्मसमर्पण गरे


कैलाली –कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीले अदालतमा आत्मसमर्पण गरेका छन् । केही दिनअघि देखी अदालती प्रक्रियामा जाने मनसाय बनाएका चौधरीले सोमबार कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।

उनी फोरम राजपाबाट चुनावमा उठेर विजयी भएका थिए । टिकापुर घटनाका आरोपी रेशम चौधरी प्रहरीको फरास सूचीमा रहेका थिए । मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधीसभा निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नं १ बाट राजपाका तर्फबाट वारेसनामा मार्फत उम्मेदवारी दिएका थिए । चौधरी प्रतिनिधीसभामा भारी मतान्तरले निर्वाचित भएका थिए । कैलाली क्षेत्र नं १ थारु बाहुल्य क्षेत्र हो । प्रहरीको फरार सूचीमा भएपनि रेशम लाल चौधरीले लुकीछिपी चुनावको प्रचार प्रशार गरेका थिए ।