संसदमा शपथ लिन पाउनुपर्ने माग गर्दै रेशम चौधरी जेलमै बसे अनशन

संसदमा शपथ लिन पाउनुपर्ने माग गर्दै रेशम चौधरी जेलमै बसे अनशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – टीकापुर घटनाका मुख्य आरोपी तथा कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद् रेशम चौधरीले जेलमै अनशन बसेका छन् ।

चौधरीसँगै २४ जना बन्दीले कारागारमै अनशन शुरु गरेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायप उपरीक्षक सागर बोहराले जनाएका छन् ।

चौधरीले आफूले संसदमा शपथ लिन पाउनुपर्ने, टीकापुर घटनाका सबै बन्दीलाई रिहाइ गर्नुपर्ने लगायतका माग राखेका छन् ।

टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई गत सोमबार जिल्ला अदालत कैलालीले चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रकृया अगाडि बढाउन आदेश दिएको थियो । चौधरीलाई जिल्ला कारागर कैलालीको कैदी नम्बर ४ कोठामा छन् ।

कैलाली क्षेत्र नम्बर १ मा वारेसमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिएका चौधरी भारी मतले बिजयी भएका थिए । तर उनले स‌ंसदको प्रमाणपत्र लिएका थिएनन् ।

२०७२ साल भाद्र ७ गते टिकापुरमा थरुहट आन्दोलका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो ।  उनी टिकापुर हत्याकाण्डका मूख्य योजनाकारको रुपमा प्रहरीको ‘मोस्ट वाण्टेड’को सूचीमा थिए ।