रेशम चौधरी छुट्ने प्रचण्डको संकेत !

रेशम चौधरी छुट्ने प्रचण्डको संकेत !


सुनसरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेल जिवन विताइरहेका निलम्बित सांसद रशम चौधरी रिहा हुने संकेत गरेका छन् ।

आइतबार सुनसरीमा थार समुदायको जितिया पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको बताउँदै जनताको मतबाट जितेका माननियहरुलाई स–सम्मान फिर्ता ल्याउने बताएका हुन् ।

‘अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति गरेको छौ र प्रक्रिया पनि अगाडि बढेको छ ।’ नाम नलिई प्रचण्डले भने, ‘बन्दी अवस्थामा रहेका माननियहरु प्नि छुट्न सक्नुहुन्छ’ उनले भने ।

सांसद चौधरी कैलालीको टीकापुर घटनामा दोषी ठहरभै जेलजीवन बिताइरहेका छन् । आफूले नेतृत्व गरेको जनयुद्धका दर्जनौं योद्धाहरू अझै पनि जेलमा भएको र यसले आफूलाई पीडा दिएको प्रचण्डको भनाइ छ ।