टीकापुर– कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचि रेशम चौधरीको प्रमाणपत्र निर्वाचन आयोगको केन्द्रीय कार्यालय पठाइएको छ।
राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका चौधरी विजयी भएपनि आफै उपस्थित नभएपछि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र आयोगमा पठाएको हो। चौधरी टीकापुर घटनाका फरार अभियुुक्त हुन्।
निर्वाचन अधिकृत खिमानन्द भुसालका अनुसार आयोगको निर्देशन अनुसार प्रमाणपत्र केन्द्रमा पठाइएको हो।
‘उम्मेदवार आफै उपस्थित भएमा मात्रै प्रमाणपत्र दिनु नत्र काठमाडौं पठाइदिनु भनेर निर्वाचन आयोगले निर्देशन दिएको थियो,’ उनले भने।
प्रतिक्रिया