सर्वोच्च अदालतद्वारा ‘फरार सांसद’ रेशम चौधरीको रिट दरपीठ

सर्वोच्च अदालतद्वारा ‘फरार सांसद’ रेशम चौधरीको रिट दरपीठ


काठमाडौं– सर्वाेच्च अदालतले निर्वाचित सांसद रेशम चौधरीको रिट दरपीठ गरेको छ।

 

 

 

फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीले प्रमाणपत्र नपाएपछि उनका भाइ सर्वोच्च पुगेका थिए।

 

 

 

 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गरिएकोमा मुख्य रजिष्टार नहकुल सुवेदीले निवेदन अस्वीकार गरेका हुन्।

 

 

 

 

निवेदकले आफूमाथि टीकापुर घटनाको अभियोग लागेको र कानुनी प्रक्रियामा नरहेको स्वीकार गरेको भन्दै सर्वोच्चले भनेको छ, ‘यस्तो अवस्थामा अ व ६५ ९१० नं बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता गर्न मिलेन ।’

 

 

 

चौधरी आफैं उपस्थित भएमाले भने रिट निवेदन दर्ता हुन नहुने विचार गरिने सर्वोच्चले जनाएको छ।