‘भूमिगत’ सांसद रेमश चौधरीको अभियोगपत्र मगाउन सर्वोच्चको आदेश

‘भूमिगत’ सांसद रेमश चौधरीको अभियोगपत्र मगाउन सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालतले कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउन आदेश जारी गरेको छ।

 

 

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको हो।

 

 

२०७२ सालमा टीकापुरमा भएको हत्याकाण्डका आरोपी समेत रहेका चौधरी गत मंसिर २१ गते सम्पन्न चुनावबाट विजयी भएका थिए।

 

 

तर, वारेसमार्फत प्रमाणपत्र नपाएको भन्दै उनका भाइ सर्वाेच्चमा पुुगेका थिए। सर्वोच्चमा दर्ता गर्न अस्वीकार गरेको रिट निवेदनविरुद्ध इजलासमा पेश भएको निवेदनमा सर्वोच्चले अभियोगका प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको हो ।

 

 

 

सर्वोच्च अदालत प्रशासनले कर्तव्यज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै ल्याएको निवेदन दर्ता गर्न अस्वीकार गरेपछि चौधरीले इजलासमा वारेसमार्फत निवेदन दिएका थिए ।

 

 

निवेदनको सुनुवाइ अभियोगको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको हो ।