रेशम चौधरीलाई भेट्न कारागारमा समर्थकको भिड

रेशम चौधरीलाई भेट्न कारागारमा समर्थकको भिड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी- टीकापुर घटनाका आरोपित  कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई भेट्न म‌ंगलबार बिहानैदेखि जिल्ला कारागर कैलालीमा भिड लागेको छ ।

सोमबार जिल्ला अदालत कैलालीले चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रकृया अगाडि बढाउन आदेश दिएको थियो । चौधरी कारागार चलान भएपछि उनका समर्थक, कार्यकर्ता र आफन्त मंगलबार बिहानैदेखि भेट्न जिल्ला कारागर कैलाली पुगेका छन् ।

चौधरीलाई जिल्ला कारागर कैलालीको कैदी नम्बर ४ कोठामा राखिएको छ । भेट्न पुगेका समर्थकलाई उनले बिहानैदेखि पालैपालो भेट गरिरहेका छन् ।

कैलाली क्षेत्र नम्बर १ मा वारेसमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिएका चौधरी भारी मतले बिजयी भएका थिए । तर उनले स‌ंसदको प्रमाणपत्र लिएका थिएनन् ।

चौधरीले सोमबार बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण गरेका चौधरीको मुद्दामाथि  हिजो दिनभर बहस भएको थियो । बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रकृया अगाडि बढाउन आदेश दिएको थियो ।

२०७२ साल भाद्र ७ गते टिकापुरमा थरुहट आन्दोलका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो ।  उनी टिकापुर हत्याकाण्डका मूख्य योजनाकारको रुपमा प्रहरीको ‘मोस्ट वाण्टेड’को सूचीमा थिए ।