माधव नेपालले भने -रेशम चौधरीबारे सरकार एक्लौटी रूपमा अगाडि बढेको छ

माधव नेपालले भने -रेशम चौधरीबारे सरकार एक्लौटी रूपमा अगाडि बढेको छ


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हिजो मात्र सपथ गराइएका टीकापुर घटनाका आरोपी राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीबारे सरकार एक्लौटी रूपमा अगाडि बढेको आरोप लगाएका छन् ।

शुक्रबार बिहान निर्वाचन क्षेत्रको विकास निर्माण निरीक्षण गर्नेक्रममा उनले चौधरीलाई सपथ ग्रहण गराउने विषयमा पार्टीभित्र कुनै किसिमको छलफल नै नभएकोे बताए । नेता नेपालले एकल रूपमा गर्ने निर्णयले पार्टीलाई क्षति पुग्ने भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

नेता नेपालले केही सञ्चार माध्यमले स्वकीय सचिवको तलब आफैंले बुझेको भनी मिथ्या खबर सम्प्रेषण गरेको भन्दै सत्य तथ्य बुझेर मात्र प्रचार गर्न आग्रह गरेका छन् । आफूले संसदबाट प्राप्त कुनै पनि सुविधाको दुरुपयोग नगरेको तर आफूबारे दुष्प्रचार भएको उनले बताए ।