एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ५६.७८% विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ५६.७८% विद्यार्थी उत्तीर्ण


काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षा (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ ।

गत साउन २३ गतेदेखि सञ्चालित परीक्षाको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरेर उत्तीर्ण भएका छन् । बोर्डका अनुसार पूरक परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थीमध्ये १ लाख १९ हजार ४२५ जना उत्तीर्ण भएका छन् ।

एसईईमा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित) लागू गरेको थियो । निर्देशिकाअनुसार परीक्षार्थीले बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने प्रावधान छ ।