कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुने

कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल विहिबार सार्वजनिक गर्ने जनाएको छ ।बुधबार सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल बिहीबार मात्रै प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ अक्षराङ्कन सिस्टममा प्रकाशित गर्न लागेको हो ।बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मंगलबारै नै नतिजा प्रकाशन गर्ने गरी तयारी गरे पनि केही प्राविधिक समस्याका कारण बिहीबार मात्रै सार्वजनिक गर्न सकिने बताए ।

गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।