कक्षा ११ को नतिजा ग्रेडिङमा, यसरी हेर्नुहोस् नतिजा

कक्षा ११ को नतिजा ग्रेडिङमा, यसरी हेर्नुहोस् नतिजा


काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ।

 

गत असारमा भएको परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ७४ जनाको परीक्षा रद्द गरिएको र एकजनाको परीक्षा स्थगित गरिएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए।

 

 

परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ।

 

 

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए।

 

एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन्। ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन्।

 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

 

http://www.neb.gov.np/results

http://neb.ntc.net.np/