काठमाण्डु-बेलायतको संसद विघटन भएको छ । प्रधानमन्त्री ऋषि सुनकको सिफारिसमा संसद भंग भएको हो । संसद भंग गर्ने प्रधानमन्त्री सुनकको प्रस्ताव राजा चाल्र्स तृतीयले स्वीकृत गरेका छन् ।
संसद भंग गर्दै प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचनको पनि घोषणा गरेका छन् । सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले संसद भंग गरी आम निर्वाचनको घोषणा गरेका हुन् ।
आउँदो वर्षको जनवरीतिर आम निर्वाचन हुने अवस्थामा प्रधानमन्त्री सुनकले ७ महिना अगावै निर्वाचन घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार शुक्रबार संसद विघटन हुनेछ । संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ । यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव हुन्थ्यो ।
विपक्षी दल लेबरका नेता केयर स्टारमरले प्रधानमन्त्रीको निर्वाचनको घोषणाले देशमा झन् राम्रो परिवर्तनका लागि अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।
बेलायतमा सदा झै बिहिबार हुदै आएको आम निर्वाचन यस पटक पनि बिहिबार नै तय भएको छ ।
प्रतिक्रिया