राष्ट्रिय मुक्ति पार्टी दर्ता गर्न निर्वाचन आयोगमा १७३ केन्द्रीय सदस्यको नामसहित निवेदन (सूचीसहित)

राष्ट्रिय मुक्ति पार्टी दर्ता गर्न निर्वाचन आयोगमा १७३ केन्द्रीय सदस्यको नामसहित निवेदन (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अध्यक्ष राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको छ ।

नेता महतो नेतृत्वमा दल दर्ताका लागि शुक्रबार आयोगमा निवेदन दिइएको दलका नेता केशव झाले बताए । नयाँ पार्टीमा अध्यक्षसहित १७३ केन्द्रीय सदस्य रहेका उनले जानकारी दिए ।

‘राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने प्रयोजनका निम्ति कानूनअनुसार आवश्यक सबै कागजातहरू यसै पत्रसाथ संलग्न गरी पठाइएको छ,’ आयोगमा पेश गरेको निवेदनमा भनिएको छ ।

पूर्वमन्त्री महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी केही समयदेखि राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्दै आएका थिए ।