काभ्रेमा अवरुद्ध सडक सशस्त्र प्रहरीले खुलायो

काभ्रेमा अवरुद्ध सडक सशस्त्र प्रहरीले खुलायो


काठमाण्डु – अविरल वर्षापछिको बाढीका कारण अवरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडकखण्ड सशस्त्र प्रहरीले खुलाएको छ ।

सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसेर अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको कमाण्डमा खटिएको टोलीले पहिरो पन्छाएको हो ।

सडक खण्डमा अहिले यातायात सञ्चालन भएको छ ।