दाउन्ने सडकखण्डमा ठूला मालबाहक सवारीसाधन सञ्चालनमा रोक

दाउन्ने सडकखण्डमा ठूला मालबाहक सवारीसाधन सञ्चालनमा रोक


पाल्हीनन्दन – पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रक लगायत ठूला मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

शुक्रबार राति बर्दघाट–४ दाउन्ने जङ्गलको खुुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको थिएन ।

सडक मर्मतपश्चात् शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुुबाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठले जानकारी दिए । उनले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिप्पर जस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुुयालले दाउन्ने सडक अहिले पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको र सडक मर्मत कार्य भइरहेको जानकारी दिए ।