बीपी राजमार्गको मंगलटार–नेपालथोक सडकखण्ड खुल्यो

बीपी राजमार्गको मंगलटार–नेपालथोक सडकखण्ड खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुक्खा पहिरो खस्दा अवरुद्ध भएको बीपी राजमार्गअन्तर्गत मंगलटार–नेपालथोक सडकखण्ड खुलेको छ ।

सडकमा खसेको पहिरो पन्छाएर शुक्रबार दिउँसो २ः३० बजेबाट सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।

‘असोज १०–१२ गतेको बाढीपहिरोबाट देशका सबै क्षेत्रमा जनधन समेतको ठूलो क्षति हुन पुग्यो । यसैक्रममा ८० वटामध्ये ३९ राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएकोमा कतिपय खण्ड १३ गतेदेखि नै खोलेर यातायात सञ्चालन गर्न सुरु गरिएएको थियो । खोल्न बाँकी र सबैभन्दा बढी क्षतिग्रस्त प्रमुख सडक बीपी राजमार्गको चौकीडाँडा–मंगलटार–नेपालथोक सडकखण्ड पनि विभिन्न स्थानमा डाइभर्सन, कटिङ र फिलिङ गरी आज २५ गते बिहान १ः३० बजे सवारीसाधन सञ्चालन हुन सक्ने बनाइएको थियो । तर पिप्लेको सुख्खा पहिरोले एउटा जीप पुरेको र सफा गर्न गएको जेसीबी लोडर समेत पल्टाइदिएपछि रोकिएको यातायात दिउँसो २ः३० पुनःसञ्चालनमा आएको छ,’ उनले भने ।